ताप्लेजुङको भीरबाट खसेर एक जनाको मृत्यु

Newslaya Home

ताप्लेजुङको भीरबाट खसेर एक जनाको मृत्यु

शुक्रबार १३, मङि्सर २०७६

ताप्लेजुङ । ताप्लेजुङको आङखोप स्थित रहेको नाकेडाँडा भीरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

बिहिबार साँझ आङखोपबाट घर फर्कने क्रममा नाकेडाँडा भीरबाट अचानक खस्दा सिदिङवा गाउँपालिका–५ लिम्बुदिन घर भएका ५५ वर्षीय जय बहादुर इदिङगो लिम्बुको मृत्यु भएको हो ।

गोरेटो बाटोबाट अन्दाजी ६ सय मिटर तल खसेका लिम्बुको घटनास्थलमै मृत्यु भएको स्थानीयले खबर गरेका थिए ।
घटना बारे जानकारी पाउन प्रहरीको टोली पुगेर कानुनी कारबाही थालिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।