इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

Newslaya Home

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

शुक्रबार १३, मङि्सर २०७६

इलाम । ईलाम नगरपालिका–५ स्थित करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

बिहिबार माईखोला हाईड्रो पावरमा काम गर्ने क्रममा तार सट भई करेन्ट लागेका बारा जिल्लाका २८ वर्षीय बाल कुमार चौधरीको मृत्यु भएको हो ।

लामो समय देृख इलाम बस्दै आएका हाईड्रो पावरमा करेन्ट लागि बेहोस भएका चौधरीको उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ।