धनकुटामा ट्याक्टर दुर्घटना, चालक र सह–चालकको मृत्यु

Newslaya Home

धनकुटामा ट्याक्टर दुर्घटना, चालक र सह–चालकको मृत्यु

शुक्रबार १३, मङि्सर २०७६

धनकुटा । धनकुटा नगरपालिका–१ हिले स्थित कोशी राजमार्गमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो सिधुवाबाट हिले तर्फ जाँदै गरेको को २ त ८७२१ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई भएको दुर्घटनामा सोहि ट्याक्टरका चालक धनकुटा सिंजाली गाउँ घर भएका ४० बर्षीय राजकुमार मगर र सह–चालक सोही स्थानका २७ बर्षीय दल बहादुर सिंजाली मगरको मृत्यु भएको हो ।

दुर्घटनामा चालक राजकुमारको सोही ट्याक्टरले किचेर घटनास्थलमै मृत्यु भएको हो भने घाईते भएका सहचालक दल बहादुरको उपचारको क्रममा विजयराज हस्पिटल हिलेमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।