मोरङ प्रहरीको फेसबुक पेज ‘ह्याक’

Newslaya Home

मोरङ प्रहरीको फेसबुक पेज ‘ह्याक’

शुक्रबार १३, मङि्सर २०७६

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको फेसबुक पेज ह्याक भएको छ । ह्याकरले केही दिनयता प्रहरीको फेसबुक पेज ‘डिष्ट्रिक्ट पुलिस अफिस मोरङ’ बाट स्पेनिश र रसियन भाषाका फिल्महरू लाइभ गर्दै आएका छन् ।

उक्त पेजका माध्यमबाट प्रहरीले दैनिकजसो हुने घटना र दुर्घटनाबारे जानकारी तथा समाचार प्रयोजनका लागि सूचना प्रवाह गर्दै आएको थियो । १५ हजार बढीको लाइक र २५ बढीले फलो गरेको प्रहरीको फेसबुक पेज ह्याक भएपछि मोरङ प्रहरीले गत आइतबारयता कुनै पनि सामग्री पोष्ट गर्न सकेको छैन ।

ह्याकरले मोरङ प्रहरीका प्रवक्ता राजकुमार खिउजूको नामको फेसबुक पेजसमेत ह्याक गरेर अश्लील सामग्री र तस्वीरहरू राखिदिएका हुन् । ह्याक भएको जानकारी पाउनेबित्तिक्कै केन्द्रीय साइबर अपराध अनुसन्धान ब्यूरोसँग समन्वय गरी अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ ।