बलात्कारको आरोप लागेका सिद्धबाबा कृष्णदास पक्राउ !

Newslaya Home

बलात्कारको आरोप लागेका सिद्धबाबा कृष्णदास पक्राउ !

शुक्रबार १३, मङि्सर २०७६

इटहरी । बलात्कारको आरोप लागेका चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । सिद्धबाबालाई अहिले सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

मुद्धा दर्ता भएन भन्दै प्रहरीको आलोचना भए पनि प्रहरीले भने बिहीबार नै मुद्धा दायर गरिसकेको प्रहरीले जनाएको छ । कृष्णदास पक्राउको विषय प्रहरीले सार्वजनिक गरेको छैन ।

जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जी जारी गरेर मात्र पक्राउ परेको सार्वजनिक गर्ने तयारी गरिरहेको प्रहरीले बताएको छ । जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गरे लगायतै प्रहरीले कृष्णदास पक्राउको विषय सार्वजनिक गर्ने तयारी गरेको जनाइएको छ ।

आफ्नै अनुयायी महिलामाथि गत ४ कात्तिकमा बलात्कार गरेको आरोप लागेको थियो । बलात्कार आरोप लगाउँने महिलाले आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको आरोप लगाएकी थिईन ।