माल्दिभ्सका पूर्व राष्ट्रपतिलाई पाँच वर्ष जेल सजाय

Newslaya Home

माल्दिभ्सका पूर्व राष्ट्रपतिलाई पाँच वर्ष जेल सजाय

शुक्रबार १३, मङि्सर २०७६

काठमाडौं । माल्दिभ्सका पूर्व राष्ट्रपति अब्दुल्ला यामीनलाई ५० लाख रुपैँया अमेरिकी डलर बराबरको जरिवानाका साथै पाँच वर्षको जेल सजाय सुनाइएको छ ।

माल्दिभ्स फौजदारी अदालतका न्यायाधीशको नेतृत्वमा रहेको पाँच जना न्यायाधीशको इजलासले बिहीबार सो फैसला गरेको हो । होटलको विकासका लागि विभिन्न टापुहरू भाडामा लिने सम्झौता गर्दा निजी कम्पनीमार्फत यामीनले १ लाख अमेरिकी डलर सरकारी रकम प्राप्त गरेको भन्दै दोषी ठहर गरिएको हो । यामीनले रकम लिएको अस्वीकार गरेका छन् ।

माल्दिभ्स प्रहरी सेवालाई दिएको बयानपछि अभियोजकको कार्यालयले भूतपूर्व राष्ट्रपतिलाई फौजदारी आरोप लगाएको थियो । उनीमाथि भ्रष्टाचार गरेको आरोप लगाई अनुसन्धानलाई भ्रमित पार्न गलत बयान दिएको आरोप लगाइएको छ ।

यामीनका समर्थकहरू बिहीबार साँझ अदालतको घेरा हालेर मुद्दाको विरोध गर्दै भेला भएका र यामीनको रिहाइको लागि नारा लगाएका थिए ।