जापानमा शक्तिशाली भूकम्प

Newslaya Home

जापानमा शक्तिशाली भूकम्प

शुक्रबार १३, मङि्सर २०७६

काठमाण्डौ । जापानको उत्तरपूर्वी इलाकामा रहेको तटीय क्षेत्रमा शुक्रबार ५.५ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । तटीय इलाका सनरिकुमा स्थानीय समयानुसार शुक्रबार अपराह्न १ः१ मा सो भूकम्प गएको हो ।

उक्त भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट १० किलोमिटर गहिराइमा रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । यस भूकम्पका कारण कुनै धनजनको क्षतिको विवरण भने प्राप्त भएको छैन । यद्यपी यस भूकम्पपछि सुनामी चेतावनीको कुनै सूचना जारी गरिएको छैन ।