दैलेखमा माइक्रो बस दुर्घटना, तीन जनाको मृत्यु

Newslaya Home

दैलेखमा माइक्रो बस दुर्घटना, तीन जनाको मृत्यु

शुक्रबार १३, मङि्सर २०७६

दैलेख । दैलेखको गुराँस गाउँपालिका माइक्रो बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । सुर्खेतबाट दैलेख आउँदै गरेको भे १ ज १०२९ नम्बरको हाइस दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

घाइतेको उद्वार भइरहेको दैलेख प्रहरीले जनाएको छ । प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ गइरहेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाइएको छ ।