जनता स्कुलमा बन्यो पुर्व विद्यार्थी मञ्च र आमा समुह

Newslaya Home

जनता स्कुलमा बन्यो पुर्व विद्यार्थी मञ्च र आमा समुह

शुक्रबार १३, मङि्सर २०७६

इटहरी । इटहरीस्थित जनता विद्यालयको सेवालाई प्रभावकारी बनाउन पुर्व विद्यार्थी मञ्च र आमा समुह गठन गरिएको छ । पुर्व विद्यार्थी मञ्च सञ्जोग पराजुलीको संयोजकत्वमा १५ सदस्यको गठन गरिएको छ भने अन्जु भण्डारीको संयोजकत्वमा ७१ जना सदस्यको आमा समुह गठन गरिएको हो ।

मञ्चले ६ महिना भित्र गाडी किन्ने योजना बनाएको छ । यी समुहहरुले विद्यालयको गतिविधी र गुणस्तरलाई बढाउन सहयोग पुर्याउने तथा आपसमा सीप र नँया ज्ञान समेत आदान प्रदान गर्ने विद्यालयका अध्यक्ष काशिनाथ दंगालले जनाकारी दिए ।

इटहरीकै पुरानो मध्ये एक यो स्कुलले पछिल्लो समय आफ्नो भौतिक पुर्वाधार र शिक्षाको गुणस्तर बढाउँदै गएको छ ।