इटहरीमा कार दुर्घटना

Newslaya Home

इटहरीमा कार दुर्घटना

शुक्रबार १३, मङि्सर २०७६

इटहरी । इटहरीमा कार दुर्घटना भएको छ । धरानबाट इटहरी तर्फ आउदै गरेको बा १९ च ७३६३ नं को कार इटहरी–२० वन कार्यालय अगाडी आफै अनियन्त्रित भई बिजुली पोलमा ठोक्किएको हो ।

कारमा आगाडीको भाग पुर्ण रुपमा क्षति भएको छ भने मानिसलाई चोट नलागेको जनाइएको छ । कार चालक बिराटनगर –४ का ३५ बर्षीय सुमन केसीले मापासे गरे कार कुदाएको कारण दुर्घट्ना भएको ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ ।