विराटनगरमा श्रमिकहरु आन्दोलित

Newslaya Home

विराटनगरमा श्रमिकहरु आन्दोलित

शुक्रबार १३, मङि्सर २०७६

विराटनगर । विराटनगरमा सामाजिक सुरक्षा कोषमा उद्योग प्रतिष्ठानले कार्यरत श्रमिक सूचिकृत गरिनुपर्ने माग राख्दै श्रमिकहरु आन्दोलित भएका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र प्रदेश १ को अगुवाईमा शुक्रबार श्रमिकहरुले ¥याली प्रदर्शन गरेका हुन् ।

तोकेको समयभित्र सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोष लागू गरिनुपर्ने लगायतका माग राख्दै उनीहरुले ¥याली निकालेका हुन । विराटनगरको विभिन्न स्थान परिक्रमा गरी श्रमिकहरुले उद्योग संगठन मोरङ र मोरङ व्यापार संघका अध्यक्ष प्रकास मुन्दडालाई ज्ञापनपत्र बुझाएका थिए ।

हालसम्म कोषमा १ लाख १५ हजार ६ सय श्रमिक सूचीकृत भएका छन् भने १० हजार ४ सय ७७ उद्योग प्रतिष्ठान आबद्ध भएका छन् । हालसम्म कोषमा १७ करोड योगदान रकम संकलन भएको छ । जसमध्ये प्रदेश नं. १ बाट १५ हजार ७ सय ३५ श्रमिक सूचीकृत भएका छन् भने १ हजार ७ सय ६ वटा मात्र उद्योग प्रतिष्ठान सुचिकृत भएका छन् ।