आज विवाह पञ्चमीको चौथो दिन, राष्ट्रपति भण्डारी आउँदै

Newslaya Home

आज विवाह पञ्चमीको चौथो दिन, राष्ट्रपति भण्डारी आउँदै

शुक्रबार १३, मङि्सर २०७६

जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार (आज) जनकपुरधाम आउँने भएकी छन् । सीताराम विवाहपञ्चमी महोत्सव अन्तर्गत अयोध्याबाट आएका जन्तीलाई स्वागत गर्न राष्ट्रपति भण्डारी जनकपुर आउँने भएकी हुन् ।

रङभूमी मैदानमा एक कार्यक्रमका बिच राष्ट्रपति भण्डारी जन्तीलाई स्वागत गर्ने छिन् । जनकपुरधामको जानकी मन्दिरबाट तिलकोत्सबको लागि भार लिएर राम मन्दिर पुग्ने छन् । यहाँ जानकी मन्दिरका महन्त तपेश्वर दास र राम मन्दिरका महन्त राम गिरि अंकमाल गर्नेछन्, जसलाई समधी मिलान भनिन्छ ।