संखुवासभा चैनपुर नगरपालिका–२ का वडाध्यक्षको निधन

Newslaya Home

संखुवासभा चैनपुर नगरपालिका–२ का वडाध्यक्षको निधन

शुक्रबार १३, मङि्सर २०७६

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–२ का वडाध्यक्ष काजी शेर्पाको निधन भएको छ ।

आठ महिनाअघिदेखि क्यान्सर रोगको उपचार गराइरहेका शेर्पाको बिहीबार राति आफ्नै निवास मयुममा निधन भएको हो ।

२०२५ फागुन १३ गते मयुममा जन्मिएका शेर्पा शिक्षक पेशाबाट अवकास लिएर तत्कालिन नेकपा एमालेबाट अध्यक्षमा विजयी भएका हुन् ।

उनीको अन्त्येष्टि शुक्रबार दिउँसो गरिने भएको नगर प्रमुख भरत खत्री ले जानकारी दिए ।