७५ रुपैयाँ जरिवाना नतिर्दा पाँच वर्षपछि पक्राउ

Newslaya Home

७५ रुपैयाँ जरिवाना नतिर्दा पाँच वर्षपछि पक्राउ

शुक्रबार १३, मङि्सर २०७६

विराटनगर । जिल्ला अदालत मोरङबाट ७५ रुपैयाँ जरिवाना तोकिएका १६ जनालाई ५ वर्षपछि पक्राउ गरिएको छ ।

जुवा मुद्दामा २०७१ साल असार ३ गते १६ जना विरुद्ध जनही ७५ रुपैयाँका दरले जरिवानाको फैसला भए पनि अदालतले तोकेको जरिवाना नतिर्दा विराटनगरका १६ जनालाई पक्राउ गरिएको हो ।

जुवा मुद्दामा ५ वर्ष देखि फरार रहेका विराटनगर–६ घर भएका हरिशचन्द्र सहनी, रामथान साह, अरुण सहनी, पिन्टु पाशवान, विरेन्द्र सहनी, रबिकुमार मुखिया, बिमल मुखिया, विराटनगर–७ घर भएका सत्यनारायण भगत, विराटनगर–११ घर भएकाका सम्भु सहनीलाई पक्राउ गरेको हो ।
फैसलापछि जरिवाना नबुझाएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार पक्राउ गरी सोमबार अदालतमा बुभाmइएको थियो ।

त्यस्तै पक्राउ परेका विराटनगर–११ घर भएका श्यामबहादुर साह, दिलिप सहनी, विराटनगर–६ घर भएका नागेन्द्र दास, महमद स्वराती, सागर शर्मा, सञ्जय शर्मा, सञ्जय महतो र विराटनगर–७ घर भएका अरुण सहनी भने जनही ७५ रुपैयाँ जरिवाना बुझाएर छुटेका छन् ।