कृष्णदासजी महाराजमाथि बलात्कारको आरोप

Newslaya Home

कृष्णदासजी महाराजमाथि बलात्कारको आरोप

शुक्रबार १३, मङि्सर २०७६

इटहरी । सुनसरीको चतरास्थित आश्रममा बस्ने गरेका कृष्णदास गिरीमाथि बलात्कारको आरोप लागेको छ ।

सिद्धबाबाले गत कात्तिकको ४ गते आफ्नै अनुयायी महिलालाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको पीडित महिलाले दिएको जाहेरीमा उल्लेख गरिएको छ ।

बुधबार त्यससम्बन्धी जाहेरी आए पनि प्रहरीले दर्ता गर्न अस्वीकार गरेको जनाइएको छ । स्रोतका अनुसार आश्रममै रहेका सिद्धबाबालाई बिहीबार बेलुकासम्म पनि प्रहरीले सोधपुछसमेत गरेको छैन ।

जसका कारण आरोपीले पीडितमाथि प्रभाव तथा दबाब दिने अवस्था सिर्जना भएको छ । प्रहरीले जाहेरी दर्ता गरेर आरोपीलाई पक्राउ नगर्दा पीडितमाथि उजुरी फिर्ता लिन दबाब बढेको छ ।

घटना भएको हो या होइन भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताए ।
दुईवटा नागरिकतालगायतका विवादका विषयमा प्रशासनमा उजुरी परेका सिद्धबाबा यसअघि पोखरामा नौ दिनसम्म समाधि बसेको भनेर चर्चामा आएका थिए ।