८ किलो सुनसहित विमानस्थलबाट दुई चिनियाँ नागरिक पक्राउ

Newslaya Home

८ किलो सुनसहित विमानस्थलबाट दुई चिनियाँ नागरिक पक्राउ

शुक्रबार १३, मङि्सर २०७६

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

नियमित जाँचका क्रममा विमानस्थल भन्सार कार्यालयले गएराति उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा इएच ६५९६६३७ नम्बरको राहदानी बाहक चेन होङयाङ र इए ५८०७५९८ नम्बर राहदानीका चेन क्वीनहाङ छन् । विमानस्थल प्रहरीका प्रमुख डीआईजी सूर्य उपाध्यायका अनुसार उनीहरु हङकङबाट नपाल एयरलाइन्सको विमानमा काठमाडौं आएका थिए ।

पक्राउ परेका व्यक्ति नै सुनको मालिक हुन् वा अन्य कसैका लागि ल्याउँदै थिए भन्ने खुलिसकेको छैन ।