चलचित्र ‘साङ्लो’को गीतमा विराज र पूर्व मिस नेपाल निकिताको नृत्य (भिडियोसहित)

Newslaya Home

चलचित्र ‘साङ्लो’को गीतमा विराज र पूर्व मिस नेपाल निकिताको नृत्य (भिडियोसहित)

शुक्रबार १३, मङि्सर २०७६

काठमाडौं । एक्सन स्टार विराज भट्टको निर्माण तथा निर्देशन डेब्यु ‘साङ्लो’को पहिलो गीत सार्वजनिक भएको छ ।

लोकलयमा आधारित गीतमा विराजसँगै डेब्यू अभिनेत्री तथा पूर्व मिस नेपाल निकिता चाण्डकलाई देख्न सकिन्छ । निकिता सन् २०१७ की ताज विजेता हुन् ।

सार्वजनीक गीतलाई राजनराज सिवाकोटीले तयार पारेका हुन् । गीतमा शिवाकोटीको शब्द, संगीत तथा स्वर रहेको छ । उनलाई महिला स्वरमा मिलन नेवारले साथ दिएकी छन् ।

कविराज गहतराज गीतका कोरियोग्राफर हुन् ।