झापामा हात्तीको आक्रमणबाट वन कर्मचारीको मृत्यु

Newslaya Home

झापामा हात्तीको आक्रमणबाट वन कर्मचारीको मृत्यु

शुक्रबार १३, मङि्सर २०७६

भद्रपुर । झापाको कचनकवल स्थित जङ्गली हात्तीको आक्रमणबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

बिहीबार साँझ बनियानी बजारबाट घरतर्फ आउँदै गरेका कचनकवल गाउँपालिका–७ घर भएका ५५ वर्षीय काया राय क्षेत्रीको हात्ती आक्रमणमा परि ज्यान गएको हो ।

पाथीभरा सामुदायिक वनमा कार्यालय सहयोगीको रूपमा कार्यरत क्षेत्रीलाई हात्तीले सुँडले उचालेर पछार्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको शवको कानुनी प्रक्रिया गरि पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।