बन्द हुँदै ‘कौन बनेगा करोडपति’

Newslaya Home

बन्द हुँदै ‘कौन बनेगा करोडपति’

शुक्रबार १३, मङि्सर २०७६

मुम्बई । अमिताभ बच्चनले सञ्चालन गर्दै आएका टीभीको लोकप्रिय गेम शो ‘कौन बनेगा करोडपति’को एघारौं सिजन यसै साता शुक्रबार बन्द हुँदैछ ।

१३ सातासम्म चलेको यो शोबारे अमिताभले सुरुआतमै यो शो १३ सातामा कुल ६५ भाग मात्र चल्ने जानकारी दिएका थिए । शोमा प्रत्येक साता चार जना सहभागीले आफ्नो क्षमता प्रदर्शन गरेका थिए । शुक्रबारको शो कर्मवीर एपिसोडका लागि रिजर्व गरिएको थियो ।

यसमा देशमा विभिन्न कारणले चर्चित अनुहारलाई सहभागी गराइएको थियो । यस एपिसोडमा राष्ट्रिय प्रकोप उद्धार बलका जवानहरू खास पाहुना रहेका थिए । साथै शोमा बलिउडका चर्चित कलाकारहरू पनि सहभागी भए ।