अतिक्रमित नेपाली भूमि फिर्ता गर्न सशस्त्र प्रहरी परिचालन

Newslaya Home

अतिक्रमित नेपाली भूमि फिर्ता गर्न सशस्त्र प्रहरी परिचालन

शुक्रबार १३, मङि्सर २०७६

इटहरी । सुनसरीको दक्षिणी क्षेत्र देवानगन्ज गाउँपालिकाको सिमा अतिक्रमित भूमि फिर्ता लिइएको छ ।

भारतीय पक्षले अतिक्रमण गरेका सुनसरीका २० वटै स्थानबाट जमिन फिर्ता लिनका लागि दैनिक सशस्त्र प्रहरी परिचालन गरिएको हो ।

बुधबार र बिहीबार सशस्त्र प्रहरी सुनसरीको ४ नम्बर गणबाट खटिएको टोलीले देवानगन्ज स्थित नेपाली भूमि अतिक्रमण गरी भारतीय नागरिकले निर्माण गरेका २१ घरटहरा भत्काउँदै जमिन फिर्ता लिएको छ ।

सिमा अतिक्रमण गरी बनाइएका घरटहरा भत्काउने कार्यमा भारतीय एसएसबीका जवानले पनि सहयोग गरेको सशस्त्र प्रहरी ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालले जानकारी दिए ।