झापामा जिल्लास्तरीय टि–ट्वान्टी लिग क्रिकेट प्रतियोगिता हुने

Newslaya Home

झापामा जिल्लास्तरीय टि–ट्वान्टी लिग क्रिकेट प्रतियोगिता हुने

शुक्रबार १३, मङि्सर २०७६

झापा । झापाको भद्रपुर–१० स्थित मेची रंगशालामा जिल्लास्तरीय टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको आयोजना गरिने भएको छ ।

बिहिबार चन्द्रगढीमा आयोजित पत्रकार सम्मेलनमार्फत मंसीर १६ गतेदेखि १४ गतेसम्म जिल्लास्तरीय टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको घोषणा गरिएको हो ।

जिल्लामा छरिएर रहेका क्रिकेट खेलाडी उत्पादन गर्न सहयोग पुग्ने उद्देश्य राखेर आदर्श क्रिकेट एकाडेमीद्धारा आयोजित टि–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा बोस्टन क्रिकेट एकाडेमी बिर्तामोड, युनाइटेड क्रिकेट एकाडेमी बिर्तामोड, धुलाबारी क्रिकेट एकाडेमी मेचीनगर, मिलन क्रिकेट क्लव मेचीनगर, आर्दश क्रिकेट क्लव कचनकवल, मेची बहुमुखी क्याम्पस भद्रपुर, पैट्रियटिक क्रिकेट एकाडेमी दमक र आयोजक आदर्श क्रिकेट एकाडेमीसहित आठ वटा टिमको सहभागिता रहने एकाडेमीका अध्यक्ष तुलसी कार्कीले बताए ।

प्रतियोगितामा विजेतालाई ३५ हजार नगदसहित ट्रफि र उपविजेता टिमलाई २० हजार नगदसहित ट्रफि प्रदान गरिने भएको छ ।