विराटनगरबाट लागुऔषध सहित एक जना पक्राउ

Newslaya Home

विराटनगरबाट लागुऔषध सहित एक जना पक्राउ

शुक्रबार १३, मङि्सर २०७६

विराटनगर । विराटनगर –१५ स्थित भट्टीमोडबाट प्रतिबन्धित लागुऔषध सहित एक जनालाई पक्राउ गरिएको छ ।

बुधबार राति प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले जोगवनीबाट नेपाल तर्फ लागुऔषध लिएर आउँदै गरेका सुनसरीको धरान उपमहानगरपालिका–४ घर भएका २२ वर्षीय रवि साहलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका व्यक्तिले शरीरमा लगाएका ज्याकेट, पाईन्ट लगायतका कपडाको गोजीहरुमा प्रतिबन्धित लागुऔषध राखेर साइकलमा ओसार पसार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
उनले गोजीमा राखेर ल्याउँदै गरेको अवस्थामा स्पास्मोप्रोक्सिभन दुई सय ८८ र नाइट्रोसन दुई सय ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ ।

चाँडो पैसा कमाउने लोभमा परेर साहले केही समयदेखि नियमित कानुनद्धारा बर्जित काम गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए ।