२०७६ मंसिर १३ गते शुक्रबारको राशिफल

Newslaya Home

२०७६ मंसिर १३ गते शुक्रबारको राशिफल

शुक्रबार १३, मङि्सर २०७६

मेष । शुभकार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीतवर्गबाट विशेष सहयोग मिल्नेछ ।

वृष । राजनैतिक कार्यमा बाधा आउनेछ । नाक तथा घाँटीमा समस्या आउला । फलदायी यात्रापनि नहोला, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

मिथुन । धार्मिक कार्य सफल नै रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ला ।

कर्कट । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । नयाँ कार्यको योजना बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।


सिंह । आज अधुरो काम पूरा होला । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ ।

कन्या । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । सामान हराउने योग छ, तर विपरीतवर्गबाट विशेष सहयोगपनि मिल्ला ।

तुला । दाम्पत्य जीवन सुखमय हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ, तर यात्रामा सावधानी अपनाउनु पर्नेछ र तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन ।

वृश्चिक । आज मगल कार्यको योग छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । आतिथ्यपूर्ण सम्मान पाइएला ।

धनु । नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योगछ । अचल सम्पत्ति हात पर्ला । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।

मकर । महत्त्पूर्ण अवसर गुम्न सक्नेछ । नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला, तर मनोरञ्जनमा सहभागी भइएला ।

कुम्भ । आँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

मीन । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । बौद्धिक काममा सफलतापनि मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।