प्रदेश २ मा दुई दिन सार्वजनिक बिदा

Newslaya Home

प्रदेश २ मा दुई दिन सार्वजनिक बिदा

बिहीबार १२, मङि्सर २०७६

जनकपुरधाम । प्रदेश २ सरकारले प्रदेशमा आगामी हप्ता दुई दिन सार्वजनिक बिदा दिने भएको छ ।

मंसिरमा विवाह पञ्चमीको अवसरमा एक दिन बिदा दिएको प्रदेश २ सरकारले यो बिदाको लगत्तै अर्को बिदा दिने निर्णय गरेको हो । विवाहपञ्चमीको अवसरमा मंसिर १५ गते आइतबार प्रदेशमा बिदा हुने सूची सरकारले यसअघि नै सार्वजनिक गरिसकेको छ ।

अर्को बिदा भने मंसीर १७ गते मंगलबार हुने भएको छ । बारा जिल्लास्थित प्रसिद्व गढीमाइको पञ्चबर्षीय मेलाको अवसर पारेर मंगलबार बिदा दिइएको मुख्यमन्त्री कार्यालय जनकपुरधामले जनाएको छ ।