इराकमा सरकार विरोधी प्रदर्शन, २२ जना प्रदर्शनकारीको मृत्यु

Newslaya Home

इराकमा सरकार विरोधी प्रदर्शन, २२ जना प्रदर्शनकारीको मृत्यु

बिहीबार १२, मङि्सर २०७६

काठमाडौं । इराकको दक्षिणी शहर नसरियामा भएको पछिल्लो सरकार विरोधी प्रदर्शनका क्रममा कम्तीमा २२ जना प्रदर्शनकारी मारिएका छन् ।

प्रदर्शनकारीहरूले कैयौँ दिनदेखि कब्जा गरेका दुईवटा पुल खाली गराउने क्रमममा गोली चलाउँदा उनीहरूको मृत्यु भएको हो ।

सुरक्षाकर्मीले त्यहाँ अश्रुग्यास समेत प्रहार गरेका थिए । अन्य ७० जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् ।

इराकीहरूले रोजगारी, भ्रष्ट्राचारको अन्त्य र सार्वजनिक सेवा सुधारको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।

इराकी सेनाले अशान्ति हटाउनका लागि सैन्य ूसंकटसँग जुध्ने एकाइू गठन गरेको जनाएको छ ।

नसरिया शहरस्थित एक सूत्रका अनुसार प्रदर्शनकारीहरूले त्यहाँको सुरक्षा फौज इकाइको मुख्यालयमा आगो लगाइदिएका छ न्।