नेकपा उम्मेदवारको घरमा बम बिस्फोट

Newslaya Home

नेकपा उम्मेदवारको घरमा बम बिस्फोट

बिहीबार १२, मङि्सर २०७६

जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिकामा नेकपाका उम्मेदवारको घरमा बम बिस्फोट भएको छ ।

पिपरा गाउँपालिकामा अध्यक्ष पदका लागि नेकपाका उम्मेदवार बिक्रम चौधरीको घरमा बिहीबार साँझ बम बिस्फोट भएको हो ।

चौधरीको शौचालय अगाडि प्रेसर कुकुर बम बिस्फोट भएको र बिस्फोटबाट कुनै क्षति नभएको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन् ।

बिस्फोट कसले र किन गराएको हो भन्ने विषय खुल्न नसकेको र अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए ।