जाजरकोटमा भिरबाट लडेर एक वृद्धको मृत्यु

Newslaya Home

जाजरकोटमा भिरबाट लडेर एक वृद्धको मृत्यु

बिहीबार १२, मङि्सर २०७६

जाजरकोट । जाजरकोटमा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोट नलगाड नगरपालिका–४ स्यालपाटाका ७१ वर्षीय शान्तबहादुर वली रहेका छन् ।

स्थानीय बागखोरस्थित जंगलमा घर छाउने खर काट्न गएका वलीको बिहीबार भीरबाट लडेर मृत्यु भएको स्थानीयवासी ललित रावलले जानकारी दिएका छन् । परिवारका अन्य सदस्यसँग खर काट्न पुगेका वली भीरबाट चिप्लिएर लडेका थिए ।