महिला भलिबल प्रतियोगितामा नेपाल भारतसँग पराजित

Newslaya Home

महिला भलिबल प्रतियोगितामा नेपाल भारतसँग पराजित

बिहीबार १२, मङि्सर २०७६

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोली १३ औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा भारतसँग पारजित भएको छ । बिहीबार साँझ भएको खेलमा नेपाल भारतसँग सोझो सेटमा पराजित भएको हो ।

त्रिपुरेश्वरस्थित कर्भडहलमा भएको खेलमा नेपालले पहिलो सेट २४–२६ मा गुमाएको नेपालले दोस्रो सेट २५–१२ मा गुमाएको थियो । तेस्रो सेटमा भने केही आशालाग्दो प्रदर्शन गरेको नेपालले २५–१६ ले गुमाएको थियो ।

आजको खेलमा पाराजित भएसँगै नेपालले प्रतियोगितामा एक खेल अगावै सेमिफाइनलमा स्थान बनाउँनबाट बञ्चित भएको छ ।

अब नेपालले सेमिफाइनलमा स्थान बनाउन शुक्रबार हुने भारत र बंगलादेशबीचको खेलको नतिजालाई पर्खनुपर्ने हुन्छ । यदि भारतले बंगलादेशलाई पराजित गरेमा समूहको एमा रहेको नेपाल दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाउने छ ।