ओखलढुंगामा भीरबाट खसेर एक महिलाको मृत्यु

Newslaya Home

ओखलढुंगामा भीरबाट खसेर एक महिलाको मृत्यु

बिहीबार १२, मङि्सर २०७६

ओखलढुंगा । ओखलढुंगाको चिसंखुगढि–७ धनमुडा स्थितमा रहेको भीरबाट खसेर एक महिलाको ज्यान गएको छ ।

बुधबार राति रुम्जाटारबाट घर तर्फ आउने क्रममा धनमुडाको भिरबाट खस्दा चिसंखुगढि गाँउपालिका–८ जुकेपानी घर भएकी ४८ .वर्षीया अन्जु राईको मृत्यु भएको हो ।

करिब २० मिटर तल खसेको अवस्थामा भेटिएकी उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना बारे जानकारी पाउनसाथ प्रहरीको टोली पुगेर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।