खोटाङमा लेखा अधिकृत विरुद्ध यौन दुव्र्यव्यवहारको आरोप

Newslaya Home

खोटाङमा लेखा अधिकृत विरुद्ध यौन दुव्र्यव्यवहारको आरोप

बिहीबार १२, मङि्सर २०७६

खोटाङ । खोटाङको हलेसी तुवाचुन नगरपालिकाका एक कर्मचारी विरुद्ध यौन दुव्र्यव्यवहारको आरोप लागेको छ ।

सोही कार्यलयमा कार्यरत महिला कर्मचारीले आफूमाथि अनैतिक कृयाकलाप गरेको भन्दै लेखा अधिकृत विरुद्ध यौन दुव्यवहारको मुद्धा दर्ता गरेको जिल्ला अदालतले जनाएको हो ।

दुव्र्यवहारको बिषयमा गत साउनमा नगरपालिकाको न्यायिक समितिमा समेत उजुरी दर्ता गरेकी महिलाले केही समय पछि जिल्ला अदालतमै मुद्धा दर्ता गरेकी हुन् ।

आफूले भनेको माने सबै सेवा सुबिधा उपलब्ध गराउने भन्दै कार्यकक्षमै जिस्काउने, कार्यलयमा एक्लै भएको बेला आउछु भन्दै फोन गर्ने, एकान्तमा जाऊँ भन्ने, संबेदनशिल अङग छुन प्रयास गर्ने गरेको अदालतमा दिएको फिराद पत्रमा उल्लेख रहेको छ ।