इटहरीमा एक दिने म्युजिक फेस्टिवल हुने, दुर्गेश र इन्दिरा जोशीको प्रस्तुति

Newslaya Home

इटहरीमा एक दिने म्युजिक फेस्टिवल हुने, दुर्गेश र इन्दिरा जोशीको प्रस्तुति

बिहीबार १२, मङि्सर २०७६

इटहरी । इटहरीमा आयोजित म्युजिक फेस्टिवलमा चर्चित गायक दुर्गेश थापा र गायिका इन्दिरा जोशीको प्रस्तुति हुने भएको छ ।

सोसियल रिकन्स्ट्रक्सन फाउन्डेसनको आयोजना तथा युथ कल्ब र एल एंड सी को सह–आयोजनामा यही मंसिर २६ गते इटहरीको राष्ट्र मा.बि.को खेल मैदानमा एक दिने इटहरी म्युजिक फेस्टिवल (सांस्कृतिक) कार्यक्रम हुन लागेको हो ।

माया घर साथै अनाथ तथा असाहयलाई न्यानो कपडा वितरण गर्ने उद्देश्यले सहयोग जुटाउनका लागि कार्यक्रमको आयोजना गरिएको सोसियल रिकन्स्ट्रक्सन फाउन्डेसनका अध्यक्ष राम निरौलाले बताएका छन् ।

कार्यक्रमका सह संयोजक निकेश खतिवडाले म्युजिक फेस्टिवलमा सौरव भट्टराई ,सैलेश निरौला,हिडेंन टेम्पल ब्याण्ड ,प्रतिक अधिकारि लगाएत अन्य कलाकारहरुको समेत प्रस्तुति रहेको बताउँलै नेपाल पर्यटन वर्ष २०२० को प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।