धरानको उपनिर्वाचनका लागि तयारी पूरा

Newslaya Home

धरानको उपनिर्वाचनका लागि तयारी पूरा

बिहीबार १२, मङि्सर २०७६

धरान । मंसिर १४ मा हुने धरान उपमहानगरपालिकाको उपनिर्वाचन तयारी पूरा भएको जनाइएको छ ।

यही मंसिर १४ गतेको उपचुनावमा औपचारिक रुपमा सुरक्षा अवस्था मजबुत भएको भनिए पनि सुरक्षा निकायले चुनावमा घट्न सक्ने आपराधिक क्रियाकलापलाई ध्यानमा राखेर गस्ती र छड्के जाँचलाई पनि तीव्र बनाइएको हो ।

धरान उपचुनावमा मेयर पदका लागि २३ जनाको उम्मेद्वारी परेका छन् भने वडा अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको छ ।
९२ हजार पाँच सय ५३ मतदाता रहेको धरानमा उपमहानगरपालिका प्रमुख र वडा नम्बर सातका अध्यक्षका लागि उपचुनाव हुने भएको हो । २८ ठाउँमा ९९ मतदान केन्द्र तोकिए पछि बुधबारदेखि नै चार सय ९५ जना कर्मचारीै मतदान केन्द्रमा परिचालन गरिएको छ ।

यसअघि नै जिल्ला निर्वाचन कार्यालय सुनसरीले मतदाता शिक्षा कार्यक्रमसमेत सञ्चालन गरि मतदान सामग्री समेत पठाइएको जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी तथा निमित्त प्रमुख अजय मिश्रले बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट कर्मचारीहरुले आवश्यक सामग्री बुझिसकेकाले शुक्रबार मतपत्र बुझ्ने कार्यक्रम रहेको छ । बुधबार रातिदेखि मौन अवधि सुरु भएकाले यस अवधिमा हुने आचारसंहिता उल्लंघनका घटना नियन्त्रणका लागि अनुगमन भइरहेको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।