धरान उपचुनावका लागि तीन तहको सुरक्षा घेरा

Newslaya Home

धरान उपचुनावका लागि तीन तहको सुरक्षा घेरा

बिहीबार १२, मङि्सर २०७६

धरान । सुनसरीको धरान उपमहानगरपालिका प्रमुख र वडा नम्बर सातमा अध्यक्षको उपचुनावलाई मध्यनजर गर्दै तीन घेराको सुरक्षा योजना बनाइएको छ ।

यही मंसिर १४ गतेको उपचुनावको औपचारिक रुपमा सुरक्षा अवस्था मजबुत भएको भनिए पनि सुरक्षा निकायले चुनावमा घट्न सक्ने आपराधिक क्रियाकलापलाई ध्यानमा राखेर गस्ती र छड्के जाँचलाई पनि तीव्र बनाइएको हो ।

निर्वाचन केन्द्र र मतदान गर्ने ठाउँको पहिलो घेरामा नेपाल प्रहरीले सुरक्षा दिनेछन् भने मतदान गर्ने ठाउँभन्दा बाहिर सशस्त्र प्रहरी र त्योभन्दा बाहिरी घेरामा नेपाली सेनाद्धारा सुरक्षाको प्रबन्ध मिलाइएको छ ।

सीमा नाकामा समेत सुरक्षा अवस्था कडा बनाउनका साथै जिल्लाको सम्पूर्ण सुरक्षा अवस्था र सुरक्षा संवेदनशीलताको सूचना संकलन र विश्लेषण गर्न राष्ट्रिय अनुसन्धान आयोगलाई परिचालन गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताउनु भयो ।