पसलमा पैसा छाडेर प्याज चोरी भो

Newslaya Home

पसलमा पैसा छाडेर प्याज चोरी भो

बिहीबार १२, मङि्सर २०७६

एजेन्सी । भारतको पश्चिम बंगालस्थित पूर्वमिदनापुरको एक पसलमा पैसा छाडेर प्याज चोरी भएको छ ।

मंगलबार पूर्वमिदनापुर स्थित अजय दासको एक सब्जी पसल फोडेर चोरहरुले प्याज चोरे पनि गल्लामा भएको पैसा छुँदा पनि नछोएको बताइएको छ ।

दासले आफ्नो पसल खोल्न गएका बेला तरकारी छरपस्ट भएको भेटाएका थिए । चोरीको आशंका गरिएको उक्त घटनामा गल्लामा भएको पूरै पैसा सुरक्षित रहे पनि ५० हजार मूल्य बराबरको प्याज, लसुन र अदुवा चोरी भएको जनाइएको हो ।

नेपालमा प्याजको भाउ दिनदिनै उकालो लागेसँगै छिमेकी मुलुक भारत र बंगलादेशमा यस्तै समस्या सिर्जना भएको छ ।
भारतमा प्रतिकेजी भारू १०० रुपैयाँ पर्ने प्याजको मूल्य नेपालमा २३० रुपैयाँ पुगेको छ । प्याजको मूल्यबृद्धि हुन थालेपछि सीमित मात्रामा वितरण गर्न थाले पछि भारतमा चोरीका घटना हुन थालेका छन् ।