पूर्वी क्षेत्रमा उत्पादित हाते चियाको माग बढ्दै

Newslaya Home

पूर्वी क्षेत्रमा उत्पादित हाते चियाको माग बढ्दै

बिहीबार १२, मङि्सर २०७६

पाँचथर । पाँचथरमा परम्परागत सुधारिएको हातेपत्ति चियाको माग बढ्न थालेको छ ।

हातैले पेलेर बनाएको चियापत्ति आधुनिक मेसिनले बनाएको चिया भन्दा स्वादिलो हुने भएकाले स्थानीय बजारमा यसको माग बढेको पाइएको हो ।

फिदिम, बिर्तामोड, दमक, धरान र काडमाडौं लगायतका शहरहरुमा बिक्री भइरहेको हाते चिया उपभोक्ताको रोजाइमा पर्न थालेपछि चिया किसानहरु यस क्षेत्रमा लागि परेका छन् ।

यसरी उत्पादन गरिएको गोल्डेन, ग्रिन र ब्याक हातेपपत्ति बजारमा पाइन्छ । हाल छ सयदेखि २५ सय प्रतिकिलोमा बिक्री हुने गरेको हाते चियाबाट बार्षिक ११ लाखसम्म आम्दानी गर्ने गरेको पाईएको छ ।
राम्रो मूल्य पाउन थालेपछि आफैंले बनाएर बिक्री वितरण गर्दै आएका पाँचथर जिल्ला फिदिम नगरपालिका–३ लालीखर्कका चिया किसान टंक राईले बताए ।