धरानमा हस्पिटालिटी तथा कष्टमर सर्भिसको तालिम सम्पन्न

Newslaya Home

धरानमा हस्पिटालिटी तथा कष्टमर सर्भिसको तालिम सम्पन्न

बिहीबार १२, मङि्सर २०७६

धरान । सुनसरीको धरानमा हस्पिटालिटी तथा कष्टमर सर्भिस मेनेजमेन्ट सम्बन्धी तालिम सम्पन्न गरिएको छ ।

बुधबार जाउलाखेल ग्रुप अफ ईन्डष्ट्रिज प्रा.लि.द्धारा आयोजित तालिम धरानको होटल गजुर प्यालेसमा सम्पन्न भएको हो ।

५० जनाको सहभागिता रहेको उक्त तालिममा मिटो खाना र राम्रो सुविधाको व्यवस्थापन, ग्राहकहरुप्रति गरिने बोलीबचन, व्यवहारको बारेमा प्रशिक्षण गरिएको थियो ।

धरान भित्रका राम्रा तथा स्तरीय सेवा प्रदान गरिरहेको होटल तथा रेष्टुरेन्टहरुबाट प्रदान गरिने सेवासुविधालाई मध्यनजर गर्दै तालिमको आयोजना गरिएको हुनाले भिजिट नेपाल २०२० लाई समेत सहयोग पुर्याउने भएको आयोजक कन्सल्टेन्ट पिपुल मेनेजमेन्ट एण्ड विजनेज डेभलपमेन्टका विजय मानन्धरले बताए ।

ग्राहकलाई गर्ने आतिथ्य सत्कार नै ग्राहकको लागि महत्वपूर्ण कुरा रहेको बताउँदै तालिमबाट धेरै कुरा सिक्ने अवसर भएको र गरिरहेको व्यवहारमा धेरै परिवर्तन गर्नु पर्ने महसुस भएको हिमालयन वाईटहाउस कलेजका प्रशिक्षक श्याम श्रेष्ठले बताए ।