भारतमा सञ्चालित रिम्ट युनिभर्सिटीमा नेपाली विद्यार्थीको मृत्यु

Newslaya Home

भारतमा सञ्चालित रिम्ट युनिभर्सिटीमा नेपाली विद्यार्थीको मृत्यु

बिहीबार १२, मङि्सर २०७६

सप्तरी । भारतको पञ्‍जावस्थित मण्डि गोबिन्दगर्हमा रहेको रिम्ट युनिभर्सिटीमा एकजना नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

बुधबार बेलुका देखि युनिभर्सिटी परिसरमा नदेखिएका सप्तरी महदेवा गाउँको अन्दाजी १८ वर्षीय हेमन्त मण्डलको मृत्यु भएको बताइएको हो ।

दिउँसो देखि बिरामी परेका हेमन्तलाई युनिभर्सिटीका वार्डेन मोहन सिंहले अस्पताल जानमा रोक लगाएका थिए । सिङले हेमन्तलाई ५ सय रुपैयाँ दिए मात्र अस्पताल जान दिने भन्दै दुःख दिएको हुँदा युनिभर्सिटीले नै बेपत्ता बनाएको हुनसक्ने आंशका व्यक्त गरिएको छ ।

सोही युनिभर्सिटीमा अध्यनरत अन्य नेपाली विद्यार्थीले हेमन्तका बारे बुझ्न जाँदा प्रशासनले सयभन्दा बढी प्रहरी लगाएर विद्यार्थीमाथि दमन गरेको थियो ।
३ सय बढी नेपाली विद्यार्थी अध्यनरत रहेको युनिभर्सिटीका एक विद्यार्थीले घटनाको बारेमा केही सोधे प्रहरीले कोठामै पसेर पिट्ने गरेको हुनाले चुप लागेर बस्नुपरेको छ । नभए हामीलाई पनि युनिभर्सिटी प्रशासनले बेपत्ता बनाउने डर भएको बताए ।