अल्बानिया भूकम्पमा मृतकको संख्या ३५ पुग्यो

Newslaya Home

अल्बानिया भूकम्पमा मृतकको संख्या ३५ पुग्यो

बिहीबार १२, मङि्सर २०७६

काठमाण्डौ । अल्बानियामा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ । ठूलो संख्यामा जनधनको क्षति भएको र उद्दार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्।

मंगलबार बिहान अल्बानियालाई केन्द्र बनाएर ६.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको थियो। भूकम्पबाट ठूलो संख्यामा घरहरु ढलेका र भग्नावशेषमा मानिसहरु पुरिएका थिए।

अल्बानियाका रक्षामन्त्री ओल्टा झाखाले भूकम्पका कारण ६५७ जना घाइते भएका र ५० जनाभन्दा बढीलाई उद्धार गरिएको जानकारी दिए ।