साग खेलकुदः जनकपुरमा कुस्ती र कबड्डी खेल हुने

Newslaya Home

साग खेलकुदः जनकपुरमा कुस्ती र कबड्डी खेल हुने

बिहीबार १२, मङि्सर २०७६

काठमाण्डौ । दक्षिण एशियाली खेलकुद साग प्रतियोगिताको कुस्ती र कबड्डी खेल पहिलो पटक जनकपुरधाममा हुने भएको छ । जनकपुरधाम उपमहानगरपालिका– १३ स्थित जिल्ला खेलकुद विकास समतितिको कबर्ड हलमा प्रतियोगिता हुनेछ।

२० देखि २३ मंसिरसम्म हुने खेलको तयारी अन्तिम चरणमा पुगेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । आठौँ सागपछि नेपालमा दोश्रो पटक हुन लागेको १३ औँ सागमा काठमाडौँ बाहेक उपत्यका बाहिर जनकपुर र पोखरामासमेत प्रतियोगिता हुन लागेको हो ।

जनकपुरमा कबड्डी र कुस्ती बाहेक अन्य खेल पनि आयोजना गर्ने तयारी थियो। तर, राष्ट्रिय खेलकुद परिषद्ले जनकपुरमा भौतिक पूर्वाधारको अभाव रहेको भन्दै कबड्डी र कुस्ती खेल मात्र गर्ने निर्णय गरेको खेलकुद विकास समितिले जनाएको छ ।

प्रतियोगिताका लागि कवर्ड हलको मर्मत सम्भार, रंगरोगन, भौतिक पूर्वाधार निर्माण, झ्याल ढोका निर्माण, स्टेज, भिआइपी कक्षको मर्मत लगायतका काम भइरहेका छन्।