कानेपोखरीबाट लागुऔषधसहित एक जना पक्राउ

Newslaya Home

कानेपोखरीबाट लागुऔषधसहित एक जना पक्राउ

बिहीबार १२, मङि्सर २०७६

मोरङ । कानेपोखरीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । प्रहरी चौकी रमाइलोबाट गस्तीमा निस्किएको प्रहरी टोलीले कानेपोखरी गाउँपालिका–६ का २३ वर्षीय सिमन मगरलाई बुधबार राती पक्राउ गरेको हो ।

चेकजाँचका क्रममा मगरको साथबाट लागुऔषध बरामद भएपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । मगरको साथबाट लागुऔाषध नाइट्रोभेट ८ पिस, स्पाजमोल ट्याब्लेट १७ पिस र पृजोल नामक ट्याब्लेट ५ पिस बरामद भएको जनाइएको छ ।