ज्ञानेन्द्र शाही नेपालका लागि नेपाली अभियानबाट निकालिए

Newslaya Home

ज्ञानेन्द्र शाही नेपालका लागि नेपाली अभियानबाट निकालिए

बिहीबार १२, मङि्सर २०७६

काठमाडौँ । नेपालका लागि नेपाली अभियानले ज्ञानेन्द्र शाहीलाई निस्कासन गरेको छ । बुधबार बसेको आकस्मिक बैठकले शाहीलाई निस्कासन गर्ने निर्णय गरेको हो ।

नेपालका लागि नेपाली अभियानमा ज्ञानेन्द्र शाहीको अब कुनै भूमिका र जिम्मेबारी नरहने उक्त समूहले विज्ञप्ति जारी गरेर भनेको छ। भ्रष्टाचार विरोधी अभियान्ताको नामबाट आफूलाई चिनाएका ज्ञानेन्द्र शाही पछिल्लो पटक नेपालगञ्ज विमानस्थलमा मन्त्री योगेश भट्टराईलाई थर्काएपछि थप चर्चामा आएका थिए ।