‘ब्रह्मास्त्र’को सुटिङ क्रममा घाइते भए रणवीर

Newslaya Home

‘ब्रह्मास्त्र’को सुटिङ क्रममा घाइते भए रणवीर

बिहीबार १२, मङि्सर २०७६

काठमाण्डौ । अभिनेता रणवीर कपुर फिल्म ‘ब्रह्मास्त्र’ को सुटिङमा दुर्घटनामा परेका छन् ।

दुर्घटनामा परेका रणवीरको हातमा चोट लागेको छ । यसरी हातमा चोट लागेको भएता पनि उनले आफ्नो सट पूरा दिएका थिए । यति बेला उनी मनालीको सुट सकेर घर फर्केका छन् ।

धर्मा प्रोडक्शनको ब्यानरमा निर्माण भइरहेको ‘ब्रह्मास्त्र’लाई आयान मुखर्जीले निर्देशन गरिरहेका छन् । यो फिल्ममा रणवीर कपुर र आलिया भट्टले पहिलो पटक सँगै काम गरिरहेका छन् । यो फिल्म आगामी वर्ष रिलिज हुनेछ ।