विराटनगरको ४७ स्थानमा बस बिसौनी निर्माण हुने

Newslaya Home

विराटनगरको ४७ स्थानमा बस बिसौनी निर्माण हुने

बिहीबार १२, मङि्सर २०७६

मोरङ । विराटनगर महानगरभित्र ४७ स्थानमा बस बिसौनी सेड तथा ट्राफिक आइल्याण्ड निर्माण हुने भएको छ ।

आर्थिक वर्ष २०७४/७५ सालमै महानगर र आकृति एड्भरटाइजिङबीच सम्झौता भएको हो। जसअनुसार आकृतिले महानगरभित्र २७ वटा बसबिसौनी सेड र २० वटा ट्राफिक आइल्याण्ड निर्माण गर्ने महानगरले जनाएको छ ।

महानगरको पुष्पलाल चौक र धरान विराटनगर सडकखण्डस्थित भृकुटी चौकमा विसौनीको निर्माण भइरहेको छ। त्यसैगरी, पछिल्लो समय महानगरमा बढ्दो ट्राफिकजामको समस्या हल गर्न महेन्द्रचौकदेखि भृकुटीचौकसम्म करिब ४ स्थानमा तत्काल आईल्याण्ड लगाउने महानगरले जनाएको छ।

बस विसौनी सेडमा विद्युत, मोबाईल चार्जिङ, बस्ने सकिने ब्यवस्था हुनेछ।