कटुवा पेस्तोलसहित उदयपुरबाट एक युवक पक्राउ

Newslaya Home

कटुवा पेस्तोलसहित उदयपुरबाट एक युवक पक्राउ

बिहीबार १२, मङि्सर २०७६

गाईघाट । प्रहरीले कटुवा पेस्तोलसहित उदयपुरबाट एक जना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुरको बेलका नगरपालिका–३ का १९ वर्षीय मनोज खत्री रहेका छन् । सातपत्रेबाट रामपुर तर्फ जादै गरेको स १ त ७४४० नम्बरको ट्याक्टरलाई रोकेर खत्रीले ट्याक्टरमा काम गर्ने सोही स्थानका १८ वर्षीय बिश्व खड्कालाई हातपात गर्दै कटुवा पेस्तोल देखाएको सूचनाको आधारमा प्रहरीले खत्रीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घटनामा थप एक जनाको समेत संलग्नता रहेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएपछि उक्त व्यक्तिको समेत खोजी भईरहेको प्रहरीले जनाएको छ ।