हङ्‌कङ आन्दोलन : अमेरिकी राष्ट्रपतिले गरे प्रदर्शनकारीलाई समर्थन गर्ने कानुनमा हस्ताक्षर

Newslaya Home

हङ्‌कङ आन्दोलन : अमेरिकी राष्ट्रपतिले गरे प्रदर्शनकारीलाई समर्थन गर्ने कानुनमा हस्ताक्षर

बिहीबार १२, मङि्सर २०७६

बिबिसि । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हङ्‌कङमा प्रजातन्त्रको माग गर्दै आन्दोलन गरिरहेका प्रदर्शनकारीहरूलाई समर्थन गर्ने विधेयकमा हस्ताक्षर गरेका छन् ।

अमेरिकी कंग्रेसले पारित गरेको उक्त विधेयक अब कानुन बनेको छ ।

हङ्‌कङ प्रजातन्त्र तथा मानव अधिकार कानुनले हङ्‌कङले बाँकी चीनबाट पर्याप्त स्वायत्तता हासिल गरे नगरेको विषयमा वार्षिक समीक्षा गर्ने प्रस्ताव गरेको छ ।

ट्रम्पले राष्ट्रपति सी जिन्पिङ, चीन र हङ्‌कङका जनताप्रति सम्मान व्यक्त गर्न आफूले नयाँ कानुनमा हस्ताक्षर गरेको बताए ।