प्रधानमन्त्री ओलीको पाँचौं पटक गरियो डायलासिस

Newslaya Home

प्रधानमन्त्री ओलीको पाँचौं पटक गरियो डायलासिस

बिहीबार १२, मङि्सर २०७६

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि सुरु गरिएको डायलाइसिस प्रक्रिया बुधबार पुनः गरिएको छ । रगत शुद्धीकरणका लागि डायलासिस गर्नुपरेको चिकित्सकले बताएका छन् ।

यो उनको पाँचौ पटकको नियमित डायलासिस प्रक्रिया हो । महाराजगन्जस्थित सरकारी अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा बुधबार साँझ डायलासिस गरिएको हो । यसअघि प्रधानमन्त्री ओलीको धापासिस्थित ग्राण्डि इन्टरनेशनल हस्पिटलमा चार पटकसम्म डायलासिस गरिएको थियो ।

एक महिनाको अवधिमा प्रधानमन्त्री ओलीको पाँच पटक डायलासिस गरिएको छ । उनको उपचारमा संलग्न चिकित्सकीय टोलीका संयोजक एवं बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. अरुण सायमीका अनुसार बुधबार तीन बजेदेखि डायलासिस सुरु गरिएको थियो ।