अर्घाखाँची बस दुर्घटना : १९ जनाको मृत्यु, ११ जनाको सनाखत

Newslaya Home

अर्घाखाँची बस दुर्घटना : १९ जनाको मृत्यु, ११ जनाको सनाखत

बिहीबार १२, मङि्सर २०७६

बुटवल । अर्घाखाँची जिल्लाको सन्धीखर्क नगरपालिका–६ नरपानी रातामाटामा बस दुर्घटनामा परी मृत्यु भएका १९ जना मध्ये ११ जनाको सनाखत भएको छ ।

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलका अनुसार सदरमुकामबाट गोरीसिगे आउँदै गरेको बसमा सवार १९ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । जसमध्ये ७ जना गम्भीर घाइते भएका छन् । उनीहरुको भैरहवा उपचार भइरहेको छ ।

लु २ ख २१४८ नम्बरको बस सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटनाग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

हालसम्म सनाखत भएकाहरुको नामावलीः
१. वसन्त भन्ने ओम बहादुर थापा, वर्ष ३१, चालक रुपन्देही बासगढी
२. माया पुरी, १८ वर्ष, खाचिकोट काउले
३. मेनुका खड्का, ८ वर्ष, खाचिकोट काउले
४. बलराम भट्टराई, खाचिकोट डिहिडाँडा
५. सीता बस्नेत, २७ वर्ष, शितगंगा–२ घर भइ हाल चप्परगाउँ कपिलवस्तु
६. राज कुमार महत, २८ वर्ष, पिपलडाडा वेम्जिङ, गुल्मी
७. सन्त बहादुर बस्नेत, ३६ वर्ष, छत्रदेव गा।पा। ७, ९उपचारको क्रममा चौराह अस्पताल बुटवलमा०
८. शैलैस थापा, भूमिकास्थान नगरपालीका–९, अर्घाखाँची
९. शिवलाल भट्टराई, सन्धीखर्क–७, खाचिकोट
१०. छविलाल गइरे, सनापा–१०
११. एक जना ६ महिनाका बालक