बाङ्ग्लादेशमा सात जनालाई मृत्युदण्डको फैसला

बिबिसि । बाङ्ग्लादेशमा सात जना इस्लामवादीहरूलाई सन् २०१६ मा ढाकामा एक क्याफेमा भएको हमला गराएको अभियोगमा मृत्युदण्ड सुनाइएको छ ।
उक्त हमलामा २२ जनाको ज्यान गएको थियो। त्यसमा अधिकांश विदेशी नागरिकहरू थिए ।
ढाकास्थित विशेष अदालतले बुधवार उक्त फैसला सुनाएको हो ।
हमलाको योजना बनाएको तथा हमलाकारीलाई हतियार उपलब्ध गराएको आरोपमा ८ जनाविरुद्ध मुद्दा चलेको थियो ।
अदालतले एकजनालाई भने मुक्त गरिदिएको छ ।