डर्टमण्डलाई हराउँदै बार्सिलोना नकआउट चरणमा, मेस्सीले बनाए कीर्तिमान

Newslaya Home

डर्टमण्डलाई हराउँदै बार्सिलोना नकआउट चरणमा, मेस्सीले बनाए कीर्तिमान

बिहीबार १२, मङि्सर २०७६

काठमाडौं । च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह ‘एफ’को खेलमा बार्सिलोनाले जर्मन क्लब डर्टमण्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै नटआउट चरणमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा बार्सिलोनाका लागि लिओनल मेस्सीले १ गोल गरे । उक्त गोलसँगै मेस्सीले च्याम्पियन्स लिगमा ३४ फरक क्लबविरुद्ध गोल गर्ने कीर्तिमान कायम गरे ।

मेस्सीले बार्सिलोनाको लागि ७ सय पटक खेल खेल्दै गोल गरेका हुन् ।

डर्टमण्डका लागि युलियन ब्राण्डले १ गोल फर्काए । जितपछि ५ खेलबाट ११ अंक जोड्दै समूह विजेता बन्ने पक्का भएको छ । समान खेलबाट डर्टमण्डको ७ अंक छ ।