संखुवासभामा भालुको आक्रमणबाट एक महिला गम्भिर

Newslaya Home

संखुवासभामा भालुको आक्रमणबाट एक महिला गम्भिर

बिहीबार १२, मङि्सर २०७६

संखुवासभा । भोटखोला–३ मा भालुको आक्रमणबाट एक महिला गम्भिर घाईते भएकी छन् ।

घर नजिकै बारीमा भालुको आक्रमणबाट भोटखोला–३ हुङगुङ गाउँकी ५० बर्षिया छाम्जेक भोटे गम्भिर घाईते भएकी हुन् ।

गम्भिर घाईते भोटेलाई उपचारको लागी हेलिकप्टरबाट खाँदवारी लगिएको छ । भालुको आक्रमणबाट उनको टाउको र हातमा गहिरो चोट लागेको अस्पतालले जनाएको छ । उनलाई स्थानीयले उद्दार गरेका थिए ।

खाँदवारीबाट ३ दिनको बाटो रहेको उक्त क्षेत्रमा भालुले सोमबार राति घाईते भोटेकै ३ वटा बाख्रा समेत मारेको थियो ।

बरुण राष्ट्रिय निकुन्ज क्षेत्र भित्र रहेको उक्त क्षेत्रमा बर्षेनि भालुको आक्रमण बढ्दै गएकोमा स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।